चट्याङ लागेर बालकको मृत्यु
काठमाडाैं | असार २१, २०७९
काठमाण्डौँ: चट्याङ लागेर गुल्मी जिल्लाको मदाने गाउँपालिका –१ अग्लुङ् नेपानेस्थित गुञ्जमान विष्टका १४ वर्षीय छोरा चन्द विष्टको मृत्यु भएको छ । घरमा सुतिरहेका विष्ट आज बिहान ४ बजे चट्याङ लागेर घाइते भएका थिए ।
उनलाई उपचारका लागि गुल्मी अस्पताल ल्याइएको थियो । उपचारकै क्रममा बिहान १०:३० मा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, गुल्मीका प्रहरी उपरीक्षक भीमबहादुर दाहालले जानकारी दिनुभयो ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

